बैंकहरूले घटाए ब्याजदर,कुन बैंकको कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाउँदै नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन्। जसमा वैशाखको तुलनामा निक्षेपमा दिने औसत ब्याजदर घटेको छ।
वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७।०६ प्रतिशतमा कायम भएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन्। लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन्।
त्यस्तै ९ बैंकले ब्याजदर घटाएका छन्। एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका छन्। ३ बैंक ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका छन्।
जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ।