पेस्तोलसहित एकजना पक्राउ

सांकेतिक तस्वीर

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए।

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।