जसपा फुटाएर उपेन्द्रजीलाई गलहत्याएर निकालियो: अध्यक्ष नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपेन्द्र यादव नेतृत्वको जसपालाई गलहत्याएर सरकारबाट निकालिएको टिप्पणी गरेका छन्।
मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जसपा विभाजनलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
साथै उनले उपेन्द्रले मन्त्री पदबाट राजनीनामा नदिएको भए सरकारबाट गलहत्याएर निकालिने पनि दाबी गरे। उनले भने,उपेन्द्रजीको अवस्था काम छँदाको भाँडो काम नहुँदा भाडो भनेजस्तै भयो। यदि उहाँले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो।
जसपा केपी ओलीको प्रतिगमनको विरुद्ध सँगसँगै अघि बढेको र निर्वाचनपछि बनेको गठबन्धनको महत्त्वपूर्ण घटक भएको उनको भनाई थियो।