सहकारी ठगी र गिरीबन्धु टी–स्टेट नीतिगत भ्रष्टाचार विरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । ‘सहकारी ठगी प्रकरण र ‘गिरीबन्धु टी-स्टेट नीतिगत भ्रष्टाचार’ विरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन्।

गृहमन्त्री रवि लामिछानेले आफूलाई संसद्‌मा पहिले बोल्न दिनुपर्ने माग गर्दै आएका छन् ।उनले दोषी भए राजनीति छोड्ने बताएका छन्। तर नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि १’ भन्दै प्रदर्शन गरेको छ।

गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै रु भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन्। कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ।