कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित

फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ।

राष्ट्रिय सभाको बैठकमा कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग राखेर अवरोध गरेका कारण बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

दलहरुबीच सदनको गतिरोध हटाउन पहल गरे पनि सफल हुन सकेको छैन। राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते शुक्रबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ।