ललितपुरबाट सुनचाँदीका गहना र नगद चोरीमा संलग्न ६ जना पक्राउ

काठमाडौं। ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक,टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन्।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन्। उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ। समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन्।

उनीहरूलाई फरक(फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ। गुरुङको घरबाट वैशाख-९ देखि ९ गतेको बीचमा सुन-चाँदीका गरगहनाहरु,नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो।