देउवा नै भिड्न आएपछि प्रचण्ड व्याक,उपेन्द्रपछि माधव सत्ता छोड्ने तयारीमा

काठमाडौं। संसदको सबैभन्दा ठुलो दल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार विरुद्ध थप आक्रमक बनेको छ। झन्डै साढे दुई महिनादेखि सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गरेको कांग्रेसको बटम लाईन अहिले पनि कायम छ।

कांग्रेस सहकारी प्रकरणसँगै गिरीबन्धु जग्गा प्रकरणले थप हौसिएको छ। सडकदेखि सदनसम्म सरकार विरुद्ध घेराबन्दीमा उत्रिएको कांग्रेसको अबको रणनीति के छ त?

संसदको सबैभन्दा ठुलो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस झन्डै तीन महिनादेखि लगातार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध खनिरहेको छ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथी छानविन गर्न संसदीय छानविन समितिको माग गरेको कांग्रेस अझै थोकेको छैन। बरु थप आक्रामक रुपमा प्रस्तुत हुँदैछ।

सडक तताएर सदन छेडेको कांग्रेसले विहीबार रवि छेक्न घेराबन्दी गरेको दृश्यले पनि कांग्रेस मथ्थर नभई यो विषयलाई चर्काएर लाने मनस्थितीमा देखिन्छ।

छानविन समिति बटमलाईन बनाएर कांग्रेस सडकदेखि सदनसम्म सरकार विरुद्ध विरुद्ध शक्ति प्रर्दशन गरिरहेको छ। कांग्रेसको अडानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचिलो भए पनि के.पी शर्मा ओली र रवि लामिछाने टसमस भएका छैनन् फलतः विहीबार संसदमा धनराज गुरुङले धन्नधन्न केपी ओलीको नाक माथि मुड्की पुर्याए।

धक्कामुक्काकै शैलीमा प्रस्तुत भएको कांग्रेस कुनै पनि हालतमा पछि हट्ने पक्षमा छैन । सभामुखले सदन खुलाउन हारगुहार नै गरेपनि कांग्रेसको दाल गलेको छैन ।

रविलाई लखेट्दा लखेट्दै गिरीबन्धु टि स्टेट प्रकरणमा सवोच्च अदालतको फैसालाले नेकपा एमालेका अध्यक्ष के।पी शर्मा ओली डामेपछि सरकार विरुद्धको घेराबन्दीमा कांग्रेस थप कस्सिएको छ।

कांग्रेस अहिले गिरीबन्धुको मुद्धा स्थापित गर्दै ०८४ को चुनावसम्मै ओली लपेट्ने रणनीतिक दाउमा छ। विगतमा गुटगत राजनीतिले छिन्नभिन्न कांग्रेस अहिले ओली–रविलाई ठेगान लगाउन एउटै कित्तामा उभिएको छ।

रवि विरुद्ध महामन्त्री गगन थापा विश्वप्रकाश शर्मादेखि दोस्रो तहका नेताहरु निरन्तर भिड्दै आएका बेला गिरीबन्धु प्रकरणमा ओली–देउवा नै आमने सामाने भएका छन।

यो सबै परिदृश्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस नरम ढंगले प्रस्तुत भई रहेको छ भने प्रचण्ड पनि कांग्रेससँग लचक छन । प्रचण्ड र ओली नजिक छन तर रवि ओली एक मुख छन।

प्रचण्ड अलग ढंगले प्रस्तुत भईरहँदा फेरी देउवा–प्रचण्ड एक ठाउँमा उभिने शंका कायम छ। तर यो पटक कांग्रेस धोकेवाज प्रचण्ड बोक्ने पक्षमा छैन।

प्रचण्डले दोस्रो पटक धोका दिएपछि ओली बोक्न तयार झैं देखिएको कांग्रेस अब अरुलाई बुई चढाएर नेतृत्वमा पु¥याउने पक्षमा छैन । कांग्रेस विपक्षी मोर्चाको नेतृत्व गर्न जुटेको छ।

कांग्रेसले राप्रपा, जसपा नेपाल, जनमत, लोसपा सहित विपक्षी कित्तामा रहेका दलहरुसँग छलफल गर्दै सरकारविरुद्ध मोर्चाबन्दी कसेको छ।

मधेशमा मुख्यमन्त्री बटमलाईन बनाउँदै आएका सिके राउतलाई मुख्यमन्त्री दिएर सरकार गठनको रणनीतिमा कांग्रेस लागेको छ।माधव नेपाल मनाएर सुदुरपश्चिम सहितका प्रदेशमासरकार गठनको रणनीति बनाउन छलफल नै सुरु गरिसकेको छ।

पार्टी विभाजनपछि अदालत पुगेका उपेन्द्र यादवको फैसलामा समेत कांग्रेसले आफ्नो भविष्य खोज्न थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत र बजेटमा कांग्रेस प्रचण्डलाई पाखा लगाउने दाउमा छ।

विरोधदेखि प्रदेशमा विकल्प विछउने रणनीति सहित अघि बढिरहेको कांग्रेस यहि रणनीतिमा अडिग रहला या, नयाँ रणनीति बुन्ला त्यो ७ गते प्रधानमन्त्री प्रचण्डको विश्वासको मतपछि नै थाहाहुनु राजनीतिका जानकार हरुको दाबी छ। तथापी प्रचण्डको अर्को उथलपुथलमा कांग्रेसको साथ मिले अनौठो मान्नु नपर्ने एकाथरीको बुझाईछ।

सहकारी र गिरीबन्धुलाई मुख्य एजेन्डा बनाएर विरोध गरेरै सरकारलाई घुँडा टेकाउने र विपक्षी दलको बलमा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न पेलेरै लागेको कांग्रेस कति सफल हुन्छ त्यो भने कुर्नुको विकल्प छैन।