पार्टी फुटविरुद्ध उपेन्द्रको रिटको पेसी आज

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ। जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो। सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो।