सहकारीहरुमा मन्त्रीहरुको लगानी,कसको कति छ, हेर्नुस्?

काठमाडौं। सहकारी संस्थाहरुबाट बचतकर्ताको रकम अपचलन भएको भन्दै पीडितले सरकार गुहारेको वर्षौं भइसक्यो। झण्डै डेढ दर्जन सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएका छन्।

पीडितले आफूले वचत गरेको पैसा समेत नपाएर रोइकराई हिड्नु परेको छ। सहकारी संस्थाकै रडाको अहिले सडकदेखि सदनसम्म छ। तर सरकारमै रहेका मन्त्रीहरुले सहकारी संस्थाहरुमा लगानी रहेको भेटिएको छ।

गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता रहेको भन्दै सडकदेखि सदन तातेको महिनौं भइसक्यो। सहकारी ठगीमा गृहमन्त्रीकै संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै संसदमा नाराबाजी गरिरहेको छ। पार्टीका भातृ संगठनहरुलाई सडकमा उतारेर गृहमन्त्रीको राजीनामा लागि कांग्रेसले दवाव दिइरहेको छ।

यसैबीच सरकारले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणमा मन्त्रीहरुको सहकारी मोह पनि सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा ६ मन्त्रीहरुको कारोबार सहकारी र लघुवित्तहरुमा देखिएको छ । सहकारी तथा लघुवित्तमा सेयर रहेका वचत गरेका मन्त्रीहरुको नावामली यसप्रकार छ ।

१-रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री

– जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको शेयर

– जुली कुमारी महतोकै नाममा महिला लघुवित्त संस्थामा १ करोड बराबरको सेयर

२-रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

– क्यारिना ऋण तथा बचत सहकारी संस्था २० लाख तलव तथा अन्य आय

३-बलराम अधिकारी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री

-साना किसान सहकारीमा १ लाखको सेयर

– श्रीमति बसुन्धरा पौडेल अधिकारीको २ लाखको सेयर

– सिनजी बचत तथा ऋण सहकारीमा मन्त्री अधिकारीको ५० हजार

– श्रीमतिको नाममा २ लाखको सेयर

४-भगवती चौधरी, महिला बलबालिका तथा ज्येष्ठ नागरिक मन्त्री 

– फरवार्ड माइक्रो फाइनान्स लघुवित्तिय संस्थामा २ लाख ४२ हजार १ सय ५ कित्ता सेयर

५-डोलप्रसाद अर्याल, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

– जनसागर सहकारीमा १ करोड १५ लाख नगद

– श्रीमति अम्बिका केसी १५ लाख नगद

– जनसागर सहकारीमा मन्त्री अर्यालको सेयर १० हजार कित्ता

-श्रीमति अम्बिका केसीको सूवर्णभूमि सहकारीमा १ हजार कित्ता सेयर

– केसीकै नाममा संयम सहकारीमा २ हजार कित्ता सेयर

– जनसागर सहकारीबाट २ करोड ऋण

६-बिराज भक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

– सिनर्जी कोअपरेटिभ ६ लाख ९६ हजार नगद