आज यी प्रदेशमा वर्षा हुने

काठमाडौं। नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पूर्वी भागमा रेमल चक्रवातको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।