निर्वाचन सार्न खोज्ने गतिविधिप्रति जनपत्रकार संगठन नेपालको गम्भीर ध्यानाकर्षण

 

काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुका विभिन्न संघ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरुका विभिन्न संघर संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र महासंघका कामहरुबारे आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

जनपत्रकार संगठनले महासंघको जेठ २६ गतेका लागि घोषणा गरिएको निर्वाचन निर्धारित समयभित्र गरिनु पर्ने, निर्वाचनलाई कुनैपनि बहानामा सार्ने प्रयास गरिन नहुने, पत्रकार महासंघ जस्तो नागरिक अगुवा संस्थाले आफ्नो मर्यादा, विश्वसनियता र मान्यतालाई कायम राख्न विधि विधानको पूर्णतः पालना गर्नु पर्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

जनपत्रकार संगठनले पत्रकारिता र महासंघलाई मर्यादित, पेशागत र थप विश्वसनिय बनाउने उद्देश्यले सुरुवात गरिएको महासंघको शुद्धिकरण अभियान आफैमा सकरात्मक कदम भएको जनाएको छ ।

जारी विज्ञप्तिमा जनपत्रकार संगठनले भनेको छ ‘अब शुद्धिकरण मापदण्डको कार्यान्वयन हुनैपर्छ, विवादको उचित समाधान खोजिनु पर्छ । कुनैपनि वास्तविक पत्रकार सदस्यताबाट बञ्चित गरिनु हुँदैन र गैरपत्रकारहरु महासंघमा रहनु हुदैन भन्ने मान्यतामा जनपत्रकार संगठन नेपाल दृढ रहको कुरा स्पष्ट गर्न चाहन्छ ।

कतिपय शाखाहरुमा रहेको सदस्यता विवादका समस्याहरु अझै नटुङगिएको भन्दै संगठनले सदस्यता प्राप्ति सम्वन्धि महासंघको विधानको व्यवस्था बमोजिम पत्रकारहरुले सदस्यता र मतदानको अधिकार पाउनु पर्ने उल्लेख गरेको छ । संगठनले सबैको सहभागितलाई महासंघमा सुनिश्चित गर्न अपिल पनि गरेको छ ।

विज्ञप्तिको अन्तमा भनिएको छ ‘पत्रकार महासंघ हामी सबैको साझा संस्था हो भन्ने कुरालाई व्यावहारिकरुपमा अनुदित गर्न बैचारिक र संगठनात्मक हिसाबले सबै पेशागत संघ रसंगठनको सहभागितालाई सुनिश्चितता गर्दै संस्थालाई थप गतिशिल र पूर्नसंरचना हुने गरी आगामी निर्वाचनको मुद्धा बनाउन सम्वन्धित सबैमा हार्दिक अपिल गर्दछौ ।

विज्ञप्तिको पूर्णपाठ: