पशुपतिनाथका चारवटै ढोका असार १ देखि विहान ४ बजे खोलिने

काठमाडौं। राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि विहान ४ बजे नै खुल्ने भएका छन्।

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले विहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

“यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि विहान ८:३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएकोमा भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भनेर आउँदो असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका बिहान ४ बजे खोलिनेछ‚” उनले भने।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिनमात्रै पशुपतिनाथ मन्दिरका चारै ढोका विहान ४ बजे खोल्ने गरिएको थियो।