नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द

काठमाडौं। नेपाल र अमेरिकाबीचको वार्मअप खेल रद्द भएको छ। नेपाली समयाअनुसार गएराति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन सकेन।

टेक्ससको डल्लासमा रहेको ग्रान्ड प्रेरी मैदानमा टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो।

तर खेल वर्षाका कारण रद्द भयो। यसअघि नेपाल पहिलो अभ्यास खेलमा गएको सोमवार क्यानाडासँग ६३ रनले पराजित भएको थियो।

यसअघि अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो।