विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुग्यो नेपाली टोली

काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।

बिहीबार दिउँसो नै वेस्ट इन्डिज पुग्ने तयारीमा रहेको नेपाली टोली खराब मौसमका कारण फ्लोरिडामा नै रोकिएको थियो। लगातार वर्षाका कारण उडान रद्ध भएपछि नेपाली टोली बिहीबार राति मात्र वेस्ट इन्डिज पुगेको हो।

नेपालस्थित अमेरिकी दुतावासले दुई पटक भिसा आवेदन रद्ध गरेपछि सन्दीप लामिछाने बाँकी दुई खेल खेल्न वेस्ट इन्डिज पुगेका छन्।

नेपालले शनिबार बिहान दक्षिण अफ्रिकासँग खेल्ने तालिका छ। सो खेल बिहान सवा ५ बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको नेपाल श्रीलंकाविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो।