लापसे चेकिङमा ९ जना चालक पक्राउ

काठमाडौं। लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट पक्राउ गरेको छ।

बागमती प्रदेश ०१–००६ ख ६६६३ नम्बरका बस चालक तनहुँ घर भएका ३० वर्षीय केशर नेपाली, बागमती प्रदेश ०१–००६ख ६५४१ नम्बरका मिनि बस चालक तनहुँकै ३० वर्षीय सत्रक बहादुर भुजेल , बा ३ ख ५६४८ नम्बरका बस चालक काठमाडौँ दहचोकका २४ वर्षीय युवराज बुढाथोकी र प्रदेश ३-०१-००५ ख ९८३१ नम्बरका बस चालक नुवाकोट घर भएका २८ वर्षीय टोप बहादुर तामाङलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, बा ३ ख २८४० नम्बरका बस चालक धादिङका ३० वर्षीय राज कुमार राना क्षेत्री , बागमती प्रदेश ०१-००६ ख ५६९४ नम्बरका बस चालक सुनसरी घर भएका ४० वर्षीय राजेश शर्मा प्याकुरेल , बा २ ज २३९ नम्बरका ट्याक्सी चालक काठमाडौँ दहचोकका ३६ वर्षीय राजन उप्रेती , ना ६ ख ७६४ नम्बरका ट्रक चालक मकवानपुरका २९ वर्षीय आशिष थापा र ना ८ ख ५३२८ नम्बरका ट्याङ्कर चालक मकवानपुरकै ३३ वर्षीय सञ्जीव थिङ लाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ।