प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं। संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आज बस्दैछ।बिहान ११ बजे संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो। बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने भएको छ।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।