माल्टा पठाउँछु भन्दै ठगी गर्ने जोशी पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान पक्राउ गरेको हो।

वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुलेको बुझिएको छ । पक्राउ परेका जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीका भतिज नाता पर्ने बुझिएको छ।