करण परियारले जिते नेपाल आइडलको उपाधि

काठमाडौं। नेपाल आइडलकाे करण परिवारले उपाधि जित्न सफल भएका छन्। नेपाल आइडल सिजन-५ को ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन्।

ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन्।

विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हट पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।

चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो। नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए।