लमजुङमा पहिरोले तीन घर बगायो,चारजना बेपता

फाइल तस्वीर

लमजुङ। अविरल वर्षापछि आएको बाढी र पहिरोले लमजुङमा घर बगाउँदा ४ जना बेपत्ता भएका छन्। जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ मा गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको उनले बताए। घटना भएको ठाउँमा राम्रोसँग फोन सम्पर्कसमेत नभएको डीएसपी घलेले बताए।

उनका अनुसार उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल हिंडिसकेको छ। त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ। सञ्चार असुविधाका कारण थप विवरण नआएको डीएसपी घलेले बताए।