सुमेरु ग्रुपको सम्पूर्ण जिम्मेवारी पूर्वराजाका ज्वाईँ राजबहादुर सिंहले लिए,तीन महिना भित्र बचतकर्ताको रकम फिर्ता दिने

काठमाडौं। विगत २३ वर्षदेखी ललितपुरको पुल्चोकमा सञ्चालन हुँदै आएको सुमेरु सेभिङ एण्ड केर्डिट कोअपरेटिभ लिमिटेडमा सञ्चालक फेरिएका छन । सुमेरु सेभिङ एण्ड केर्डिट कोअपरेटिभ लिमिटेड सहित सहकारी मातहतका सबै व्यावसायिक साम्राज्य पुर्व राजा ज्ञानेन्द्र शाहका ज्वाँई राजबहादुर सिंहले लिएका हुन ।

यहि मिति २०८१ अषाढ ०३ गते २३ औं बार्षिक साधारण सभा गरी राजवहादुर सिंह निकट व्यवसायी विरेन्द्र महर्जनको नेतृत्वमा संचालक समितिको गठन भएको जानकारी प्रादेशिक सहकारी बिभाग हेटौंडाबाट प्राप्त भएको छ । मेरो मोबाईल, युटियल, नेबिको लगायतका स्वेदेशी तथा विदेशी क्षेत्रमा लगानी गरी व्वयसायी तथा उधोगीको पहिचान वनाएका सिंहले सन् २००३ को जनवरीमा नेपालका तत्कालीन राजा ज्ञानेन्द्र शाहकी एक्ली छोरी प्रेरणासित बिहे गरेका थिए।

ललितपुरको सुमेरू सहकारीमा २०५५ सालदेखि लगातार २०७६ सालसम्म २१ बर्ष भरत मर्हजनले निरन्तर नेतृत्व गर्दै आएका थिए। सहकारी क्षेत्रमा केही समस्या देखा पर्न थालेपछि अध्यक्ष महर्जनले संस्थाका कर्मचारी तथा आफन्त आसेपासेहरुको टिम बनाई सम्पूर्ण जिम्मेवारी प्रदान गर्दै आफु सुरक्षित हुन बेलायत फरार भै बसेका छन ।

कर्मचारी एवं आफ्नै भान्जा भान्जी र भतिजाहरुलाई बलिको बोका बनाएर आफू गैर जिम्मेवार तवरले बेलायत लुकेपछी यता सहकारीमा थप समस्या देखिन थालेको बुझिन्छ ।

आफ्नो र पत्नी, छोराछोरी सहितको नाममा अरबौं मुल्य पर्ने जग्गा जमिन राखी वेलायत भागेका महर्जन बिरुद्ध केन्द्रीय अनुसन्धान व्युरोमा अनुसन्धान जारी छ। भरत महर्जनकै असहयोगको कारण दिनप्रतिदिन समस्या बढ्न थालेपछी तत्कालीन हेमराज दाहालको नेतृत्वको समितिले संस्था चलायमान होस र बचतकर्ताहरु सुरक्षित रहुन भन्ने अभिप्रायले समस्यालाई केही समाधान गर्न सकिन्छ की भनेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका तत्कालिन अध्यक्ष डा.बलराम पाठकको पहलमा बिज्ञहरुले संस्था चलाउने भनी प्रस्ताव पेश गरेपछी २०७९ फागुन २० गते विशेष साधारणसभा गरी कृष्ण प्रसाद कडेलको नेतृत्वमा सुमेरुको नया संचालक समिति गठन भएको थियो ।

उक्त समितिले समेत सुमेरु मातहतका केही जग्गा जमिन बिक्री बितरण गरी समस्या सामाधानमा पहल गरेपनि भरत महर्जनकै विभिन्न शर्तराखी असहयोग गर्ने प्रवृत्ति र बचतकर्ताहरुकै अधैर्यताको कारण सोंचे अनुरुप संचालनमा सफलता प्राप्त नभएपछी निजहरुको समेत सहमतीमा सिंह समुहले सहकारी संस्था लगायत सबै व्यवसायिक संस्थाहरुको नाफाघाटा सबै व्यहोर्ने र बचत फिर्ता गर्ने गरी सुमेरुको जिम्मा लिएको भन्ने हेटौंडा सहकारी बिभागमा पेश भएको सम्झौतापत्रबाट बुझिन्छ ।

ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यलय रहेको सुमेरु सेभिङ एण्ड केर्डिट कोअपरेटिभ लिमिटेडको धापाखेल, गठ्ठाघर, लगायतका ठाउँमा समेत शाखाहरु सञ्चालनमा थिए। २१ वर्षसम्म राज गरेका अध्यक्षनै फरार भएपछि सञ्चालक समितिले संस्थालाई गतिदिन हरप्रयास गर्दै आईरहेको र वचत फिर्ता सम्वन्धी उजुररीहरुलाई पनि समन्वय गर्दै थोरै थोरै भए पनि फिर्ताको लागि सकारात्मक भुमिका वहन गरेको हुदा र अझैं राम्रो संग व्यवस्थापन गर्न सकें सुमेरुमा दायित्व फिर्ता गर्न सक्ने गरी पर्याप्त सम्पत्तिको श्रोत समेत रहेको हुदा हालसम्म समस्याग्रस्त सहकारीमा सिफारस गर्नु नपरेको हो भन्छन सहकारी बिभाग हेटौंडाका कानुन अधिकृत ।

हाल सुमेरु सेभिङ एण्ड केर्डिट कोअपरेटिभ र सुमेरु गुर्प अन्तर्गत सञ्चालन हुँदै आएका ललितपुरको धापाखेलमा सञ्चालित सुमेरु हस्पिटल ,पुल्चोकमा सञ्चालित सुमेरु सिटी हस्पिटल ,सातदोबाटोमा सञ्चालित एसीयन कलेज,सातदोबाटोमा सचालित संखरापुर कलेज लगायत संस्थाको नाममा रहेको सम्पुर्ण श्री-सम्पत्तिको हिस्सेदार राजबहादुर सिंह बनेका छन।

नेपालको ईतिहासमा २३७ वर्ष राजकाज गरेका शाहवंशीय पुर्व राजा ज्ञानेन्द्र शाहका ज्वाँई एवम् व्यावसायिक घरनाका राज बहादुर सिंहले सुमेरुको व्यावसायिक साम्राज्य जिम्मा लिए सँगै सुमेरुका करिव २५हजार बचतकर्ताहरुले आफ्नो बचत रकम चाँडै फिर्ता हुनेमा ढुक्क भएका छन।

यता सिँहले सुमेरु सहकारी र सहकारी मातहतमा सञ्चालन हुँदै आएका सबै व्यावसायहरुको थप व्यवस्थापन गर्दै तीन महिना भित्री सम्पुर्ण बचतकर्ताहरुलाई रकम फिर्ता गर्ने कार्य योजना बनाउँदै अगाडि बढेको बुझिएको छ।सिंह निकट सोर्तका अनुसार आगामी साउनबाट सहकारीका बचत कर्ताहरुलाई रकम फिर्ता गर्दै लैजाने र दशैं सम्म सहकारीको सम्पुर्ण समस्या हल गर्ने सम्मको ३ महिने कार्ययोजना बनाएको बताईन्छ।

असार ३ गतेको साधारणसभाले गरेको निर्णय असार १९ गते प्रमाणित गरेपछि ललितपुरका उद्योगी तथा व्यवसायी बिरेन्द्र महर्जनको नेतृत्वमा २०८१ असार १९ देखि ४ बर्षे कार्यकालकाे लागि सुमेरू सहकारीको नेतृत्व लिएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहीका ज्वाईं राजबहादुर सिंहले सुमेरू सहकारीको सम्पूर्ण जिम्मेवारी लिएका छन्। सुमेरू सहकारीका बचत कर्ताहरूको समस्या तत्काल समाधान गर्ने उद्देश्यका साथ सिंहले सुमेरूको सम्पूर्ण स्वामित्व लिएको बिशेष स्रोतले बताएको छ। सुमेरूका हरेक बचत कर्ताहरूको समस्या समाधान उहाँले लिने कागजि सम्झौता समेत गरेको स्रोतको दाबी छ।

ललितपुरको पूल्चोकमा मूख्य कार्यालय रहेको सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापनाको २० बर्ष सफलतापूर्वक पुरा गरी २१ औं बर्षमा प्रवेश गरेपछि भरत महर्जन भागेका थिए। स्थानीय र प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा सुमेरू समूहले सुमेरू नामबाट सञ्चालित आधा दर्जन जति संस्थाहरु सञ्चालित गरेको थियो। सुमेरूका प्रबन्धकहरुले अर्को ठूलो प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण संस्था सुमेरू अस्पताल, सुमेरू सिटी अस्पताल सञ्चालनमा ल्याएर सहकारीका सदस्यलाई समेत विशेष छुटमा सेवा प्रदान गरेका थिए। 

त्यसैगरी स्वास्थ्यसँग जोडिएर शिक्षाको क्षेत्रमा समेत सुमेरूले आफ्नो पाइला अगाडि बढाइसकेको  थियाे। यो समूहले सातदोवाटोमा सुमेरू मार्ट पनि सञ्चालन गरिरहेको छ। विभिन्न सेवामुलक तथा सामाजिक संस्थाहरु स्थापना गरी सुमेरूले देशभर आफ्नो नामलाई एउटा प्रतिष्ठित ‘ब्राण्ड’ को रूपमा स्थापित गरिसकेकाे थियाे । 

त्यस्तै सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड पुल्चोक ललितपुरको निक्षेप तथा यस अन्तर्गत प्रवाह भएका ऋण लगानी गरेर विभिन्न संघ सस्था एवंम कम्पनीहरू तथा बर्तमान निवर्तमान संचालकहरूका स्वामित्वमा रहेका सुमेरू ग्रुप भित्रका विभिन्न कम्पनीहरूकाे जिम्मेवारी राजबहादुर सिंहले लिने सम्झाैता भइसकेकाे स्राेतकाे दाबी छ।

त्यस्तै कम्पनीहरू  सुमेरू हस्पिटल,सुमेरू सिटी हस्पिटल,एसियन कलेज,शंखरापुर कलेज तथा इत्यादि संस्थाहरूमा रहेका लगानी र स्वामित्व सहितका उल्लेखित सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड संस्थाको नाममा रहेको समपूर्ण श्रीसम्पति तथा सुमेरू ग्रुप भित्रका उल्लेखित कम्पनिका सम्पूर्ण श्रीसम्पति तथा दायित्वहरू समेत लिने बताइएकाे छ। 

त्यस्तै हामी यथास्थितिमा यसै संस्थाको प्रदेश सहकारी विभागको प्रतिनिधिको रोहवरमा साधारणसभा बोलाइ नयाँ संचालक समितिको जिम्मेवारी लिइ संस्थालाइ विधिवत रूपमा संचालन गर्न तथा यसको सम्पूर्ण जिम्मा लिन हामी तयार रहेकाे समेत सम्झाैता पत्रमा उल्लेख गरिएकाे छ।  

यस सहकारीको दायीत्व तथा श्रीसम्पतिका सम्पूर्ण जिम्मा लिइ बचतकर्तालाइ नियम अनुसारले वचत फिर्ता गर्दै सस्थालाइ नियमित संचालन गर्न लागि पर्ने नयाँ सञ्चालक समितिले उल्लेख गरेकाे छ।  

साथै संस्थाले विभिन्न कारणबाट निक्षेप फिर्ता गर्न नसकी विभिन्न निकायमा उजुरवाजुर भएको अवस्थामा पनि सो समेत जिम्मा लिने सहमति पत्रमा उल्लेख गरिएकाे छ।  

त्यस्तै संस्थालाई थप क्रियासिल बनाउँने उद्देश्यका साथ पूर्व राजाका ज्वाईँ राजबहादुर सिंहको नेतृत्वमा नयाँ सञ्चालक समितिलाई सहकारीलगायत सहकारी मातहतमा रहेका सुमेरू ग्रुप भित्रका विभिन्न कम्पनीहरूको स्वामित्व हस्तान्तरण गर्न सफल भएका छन्।

हाल सञ्चालन हुँदै आएका ललितपुरको धापाखेलमा सञ्चालित सुमेरु हस्पिटल ,पुल्चोकमा सञ्चालित सुमेरु सिटी हस्पिटल ,सातदोबाटोमा सञ्चालित एसीयन कलेज,सातदोबाटोमा सचालित संखरापुर कलेज लगायत संस्थाको नाममा रहेको सम्पूर्ण श्रीसम्पत्तिको मालिक राजबहादुर सिंह बनेका छन्।

व्यावसायिक घरनाका राज बहादुर सिंहले सुमेरुको व्यावसायिक साम्राज्य जिम्मा लिए सँगै सुमेरुका करिव २५ हजार बचतकर्ताहरु आफ्नो बचत रकम चाँडै फिर्ता पाउने भएका छन्।

सिंहले सुमेरु सहकारीको थप व्यवस्थापन गर्दै तीन महिना भित्र सम्पूर्ण बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने कार्य योजना बनाउँदै अगाडि बढेको स्रोतले जनाएको छ। आगामी साउन १ गतेबाट सहकारीका बचत कर्ताहरुलाई रकम फिर्ता गर्दै लैजाने र दशैं सम्म सहकारीको सम्पूर्ण समस्या हल गर्ने सम्मको ३ महिने कार्ययोजना बनाएको स्रोतकाे दाबी छ।

भरत महर्जनले सुमेरू सहकारीमा साम्राज्य यसरी जमाए 

भरत महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी सुरु गरेका थिए। तर २०६२/६३ को आन्दोलनपछि सहकारी फस्टाउन थालेका थिए। किनकि सरकारले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाको मान्यता दियो र सरकारले दिने अनुदानहरूलाई सहकारी मार्फत दिन थाल्यो। राजनीतिज्ञहरूसँग निकट भएर भरत महर्जनले पनि त्यसको लाभ लिएका थिए।

ललितपुरको २३ नम्बर वडा कार्यालय,श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन र सातदोबाटोकै महानगरीय प्रहरी वृत्तको भवन निर्माणमा अगुवा बनेर स्थानीय माझ समाजसेवीको छवि समेत बनाउन सफल भएका थिए। 

अनि,राजनीतिक पहुँच भएका सफल व्यवसायी,समाजसेवी छवि देखाएर बचतकर्ताको विश्वास जितिरहे। अस्पताल, कलेज लगायत सबै सम्पत्ति सहकारीकै हुन भनेपछि पैसा डुब्दैन भनेर बचतकर्ताले विश्वास गरेर बचत गरेका थिए। ३४ हजार भन्दा बढी बचतकर्ताको रकम भने आफू र परिवारको नाममा कम्पनी खोल्न र सम्पत्ति जोड्न खर्चिएका थिए ।

यसमध्ये १ अर्ब ९८ करोड ४८ लाख ८९ हजार ५०४ रुपैयाँ मात्रै कर्जा लगानी गरेको रेकर्ड भेटिएको बचतकर्ता तथा सहकारीको सञ्चालक समितिले निकालेको श्वेतपत्रमा उल्लेख छ। बाँकी रकम भने भरत महर्जनका कम्पनी तथा व्यवसायमा मनलाग्दी लगानी भएको छ।

सुमेरु, पुल्चोकमा २१ वर्षसम्म भरत आफैं अध्यक्ष थिए। पछिल्लो पटक पूर्वसचिव  हेमराज दाहाललाई अध्यक्ष र भतिज वीरु महर्जनलाई उपाध्यक्ष बनाएका थिए। अध्यक्ष दाहाल र सचिव विनोद आचार्यबाहेक बाँकी सञ्चालकहरू भरतकै परिवारभित्रका सदस्य थिए।

सहकारीको अध्यक्ष मात्रै होइन, सञ्चालक र व्यवस्थापन समितिमा समेत महर्जन परिवारकै हालीमुहाली रहेकाे थियाे।बचतकर्ताले जम्मा गरेको रकम लगेर विभिन्न कम्पनीमा खन्याए,जसको स्वामित्व सरकारी होइन, भरत र परिवारका सदस्यहरूको नाममा छ।

महर्जनले श्रीमतीसँग नक्कली डिभोर्स गरेर, परिवारसहित बेलायत टाप कसेपछि जनताको रकम आफ्ना निजी कम्पनीहरूमा हत्याएपछि कुनै दिन संकट आउने निश्चित थियो। कोरोना महामारी लगायत कारण आर्थिक प्रणालीमा आएको समस्याले सुमेरुमा त्यो संकट छिट्टै आयाे र सुमेरु सहकारीले २०७९ पुसदेखि बचतकर्ताको बचत फिर्तामा सिलिङ लगाउन थाल्यो। 

त्यही बेला अध्यक्ष भरत भने बेलायत लागे।  महर्जन मंसिर २०७९ को चुनाव अघि नै उनी बेलायत गएका थिए।भरत महर्जनले २/३ वर्षदेखि योजनाबद्ध रूपमा काम गरेर सुमेरूमाथि संकट ल्याउन अध्यक्ष छाेडेका रहेछन् भन्ने स्पष्ट हुँदै गएकाे छ र सुमेरुका पुर्व अध्यक्ष भरत महर्जनलाई पक्राउको लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले समेत रेडनोटिस नै जारी गरेको थियाे। 

यस्ताे छ सहकारी विभागकाे भनाइ 

सुमेरू सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले साधारणसभा गर्ने बितिकै सहकारी विभाग प्रदेश कार्यालय हेटौंडा विश्वस्त भइहाल्नु पर्ने अवस्था नरहेको रजिष्ट्रार राजन पोखरेलले बताएका छन्।

सबैभन्दा प्रमुख कुरा बचतकर्ताले रकम फिर्ता पाउनु पर्नेमा आफुहरू स्पष्ट रहेको र साधारणसभा गर्ने बितिकै बचतकर्ताले रकम पाउनेमा आफुहरू पूर्ण विश्वस्त नरहेको बताए।

नयाँ सञ्चालक समितले बचतकर्ताको रकम फिर्ता गर्नेमा सहकारी विभाग केही आशावादी रहेपनि पूर्ण आशावादी भने भइनसकेको रजिष्ट्रार पोखरेलले बताए।

सुमेरू सहकारीले साधारणसभा गरेको बारे आफुहरू जानकार भएपनि सबै कुरा आफुहरूलाइ थाहा भइनसकेको र थप बुझ्ने क्रममा रहेकोले अहिले नै सबै कुरा भनिहाल्न सक्ने अवस्थामा नरहेको रजिष्ट्रार पोखरेलले बताए।

उनले कसैले सम्पति घरबाट ल्यार तिर्ने कुरा नभएकोले सहकारिले कुन ठाउँमा इन्भेष्ट गरेको छ त्यसको आधारमा बचतकर्ताले पैसा फिर्ता पाउने कुरा हो रजिष्ट्रार पोखरेलले भने।