कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाकै मृत्यु

सांकेतिक तस्वीर

कैलाली । कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाकै मृत्यु भएको छ । मंगलबार दिउँसो लम्की चुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।

अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक मंगलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

त्यस्तै, लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी ५६ वर्षका पुरुषको पनि मृत्यु भएको छ।

उनलाई इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै घटनाका बारेमा अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।