अझै एकछिन समय छ, जिबी राईलाई पक्राउ गरिदिनुस्: सांसद शाही

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईलाई पक्राउ गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलको क्रममा प्रधानमन्त्री शाहीले गृहमन्त्रीसँग अझै केहीबेर समय रहेकाले जिबी राईलाई पक्राउ गर्न आग्रह गरेका हुन्।

‘यत्रो सुशासनको भाषण गर्नुभयो। तपाईंको अभिन्न मित्र जिबी राई पक्राउ नपरेरै बिदा हुनुभयो,उनले भने,एकछिन पक्राउ गरिदिनुस्। अझै समय छ।

राप्रपाको प्रमुख सचेतकसमेत रहेका शाहीले संसदको रोष्टमबा उभिएर नेताहरूलाई झुट नबोलिदिन आग्रह गरे।पक्राउ गर्न सकेनौं। समय भएन। फेरि पक्राउ गरौंला भन्नुस्,उनले भने।

शाहीले नेताहरूबीच भागबन्डा नमिल्दा बेचन झाको ब्रान्डिङ गरेको पनि बताए। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीभन्दा ठूला मान्छे हुन्रु उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने जाबो बेचनको बेचैनले सरकार ढल्ने हुन्छ,उनले भने।

समीकरण र भागबन्डा नमिलेर सरकार ढलेको शाहीले बताए।ठुल्ठूला नेताहरूको सर्त मिलेन। सर्त नमिलेको हुनाले सरकार ढलेको भने भइहाल्यो,’ उनले भने।