ठमेलबाट ६ किलो कोकिनसहित समातिए मलेसियन नागरिक

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको ठमेलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले ठमेलबाट ६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको हो।

यसअघि ३० बैशाख र २ जेठमा प्रहरीको लागूऔषध ब्यूरोले करिब सात करोडको कोकिनसहित युगाण्डाका २ र भारत १ महिलालाई पक्राउ गरेको थियो। प्रहरीले एकैपटक यति धेरै परिणाममा कोकिन समातेको पहिलोपटक हो। यो लागुऔषध खैरो हिरोइनभन्दा दुई गुणा महँगो मानिन्छ।

दक्षिण अमेरिकी देशमा उत्पादन हुने कोकिन तस्करीमा नेपाल ट्रान्जिट हुँदै आएको छ। नेपालमा पक्राउ परे पनि धेरै सजाय नहुने र खुला सीमाका कारण नेपाल कोकिन तस्करीको हब बन्दै आएकोछ।