एमालेबाट यी बन्दै छन् मन्त्री

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि नै सबै मन्त्रीहरुको शपथ गराउने तयारी गरेका छन्।

यो सँगै ओलीले मन्त्रीहरुको नाम लगभग तुङ्ग्याएका छन्। स्रोतका अनुसार ओलीले विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका छन्।

त्यस्तै, जुली महतो, विद्या भट्टराई र कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाउने ओलीको तयारी छ। स्रोतका अनुसार दामोदर भण्डारी अथवा तारा लामा मन्त्री बन्ने सूचीमा छन्।

एमालेको भागमा अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ।