शेखर समूहले टुंग्यायो मन्त्रीको नाम, पर्यटनमा बद्री र स्वास्थ्यमा प्रदीप

काठमाडौं। नेपाली कांग्रेसको शेखर-गगन समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ। स्रोतका काँग्रेस सहमहामन्त्री तथा बाजुरा जिल्लाका सांसद बद्री प्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा जाने भएका छन्।काठमाडाैंबाट निर्वाचित सांसद प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्। रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन्। 

जसमा चार मन्त्रालय संस्थापन इतरका शेखर कोइराला र गगन थापा नेतृत्वको समूहलाई दिइएको छ। कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन,कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्।

काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनले ऊर्जा वा रक्षा मन्त्रालयको विभागीय जिम्मेवारी पनि पाउनेछन्।

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको छ।