२९ प्रहरी कर्मचारी सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रधान कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

विभिन्न जिल्ला र स्थानमा दरबन्दी रहेको तर आफूखुसी गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदासमेत सम्पर्कमा नआएकाले प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना प्रकाशित गरिएको प्रधान कार्यालयले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च०को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।