पहिरोले सुर्खेत-जुम्ला सडक अवरुद्ध

काठमाडौं। कर्णाली करिडोरअन्तरर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ। कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

जुम्ला र कालिकोटको सिमानामा पर्ने नाग्मा क्षेत्र सुर्खेत, जुम्ला, मुगु र हुम्ला प्रवेशको मुख्यस्थल हो। पहिरोका कारण यातायात सेवा बिहानदेखि नै अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । सडक खुलाउने प्रयास भइरहेको उनले बताए।