महिला टी-२० एशिया कपः भारतलाई हरउँदै श्रीलंकाले जित्यो उपाधि

काठमाडौं । एसीसी महिला टी– २० एशिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ। श्रीलंकाले ८ पटकको एसीसी च्याम्पियन भारतलाई ८ विकेटले पराजित गर्दै ऐतिहासिक जित पाएको हो।श्रीलंकाले २ विकेटमात्र गुमाएर ८ बल खेल्न बाँकी रहँदै भारतले दिएको १६६ रनको विजयी लक्ष्य भेट्टाएको हो।

आज श्रीलंकाको दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगाशालामा पहिले ब्याटिङ गर्दै भारतले ६ विकेट गुमाएर १६५ रन बनाउँदै जितका लागि घरेलु टोलीलाई १६६ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि हर्षिता समरविक्रमाले ५१ बलमा २ छक्का र ६ चौका हान्दे ६९ रन बनाए चमारी अटापट्टुले ४३ बलमा २ छक्का र ९ चौकासहित अविजित ६१ रन बताए। कविशा दिलहारीले १६ बलमा अविजित ३० रन बनाए।

दुवैले दोस्रो विकेटमा ३५ बलमा ५० रनको साझेदार गर्दै जिततर्फ डोहोर्‍याए। यसअघि ओपनर विशमी गुणरत्ने १ रनमा रन आउट भए।