आज मिति २०८१ साल साउन १४ गते सोमबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- समयमा होस नपुग्नाले केहि चुनौती झेल्नुपर्ला। होसियारी साथ काम लिने प्रयत्न गर्नुहोला। समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ। आलोचकहरूले पनि सताउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। साथै, सहयोग गर्नेहरू पनि कमै भेटिनेछन्। जिम्मेवारी बढ्नेछ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। साझेदारी काममा राम्रो फाइदा हुनेछ। आय आर्जनका स्रोत बढ्नेछन्। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। अवसर प्राप्त हुनुका साथै व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ। व्यवसायमा सोचेको फाइदा नहुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- व्यापारमा फाइदा हुनेछ। आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ। तर, साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ। आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मेहनतले आम्दानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। आजको कामबाट मनग्य धन लाभ हुन सक्छ। साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन्। आम्दानी बढ्नेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ। व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- कुरा लगाउनेहरूले समस्या निम्त्याएपनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केहि चुनौती देखा पर्न सक्छ।फाइदाकापछि लाग्दा साथीभाई टाढिन सक्छन्।खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ।चुनौती पन्छाउँदै होसियारी साथ काम लिनुपर्ने समय छ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- बेसुरमा बचन दिने बानीले दुस्ख पाइनेछ। काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला। व्यवसायमा समस्या देखा पर्न सक्छ। चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ। व्यापारमा प्रशस्त फाइदा हुने छ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। चिताएको कामले राम्रै लाभ दिलाउनेछ। व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। नयाँ कामको प्रस्ताव आउनेछ। मुख्य काममा बाधा हुने दिन छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ।