सिनामंगलको झर्ना गेष्ट हाउसमा पुरूष र महिला मृत फेला

काठमाडौं। काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित झर्ना गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार शुक्रबार सिनामंगलस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की मृत फेला परेका हुन्।

प्रहरीका अनुसार शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खानेरनखाने भनेर बुझ्न पुगेका थिए। तर लामो समयसम्म पनि ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर भएको थियो।

ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्। उक्त कोठामा भरत र करिस्मा असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।