नारायणगढमा बाघको आक्रमणबाट एक जना घाइते
प्रेम प्रसाद कडेल
चितवन।भरतपुर महानगरपालिका–२ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरिरहेका एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ। बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएको प्रहरीले जनाएको छ ।
मुख र हातमा बाघको पञ्जाले आक्रमण गरेकाले रक्तश्रावका कारण उनलाई उपचारको लागि चितवन मेडीकल कलेज लगिएको छ।
उक्त नरभक्षी बाघको नियन्त्रण र खोजीको लागि जिल्ला वन कार्यालयबाट टोली खटिएको र वडा प्रहरी कार्यालय पुल्चोकका प्र.स.नि. रुद्र मिश्रको कमाण्डमा टोली खटिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी प्रमुखले जानकारी दिए।