दर्शन: मार्क्सवादी दर्शन
- हस्तबहादुर केसी
कार्ल मार्क्स ( १८१८ – १८८३ र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ। विश्व मै पहिलो सर्वहारा वर्गको राजनीतिक संगठित दस्ता कम्युनिस्ट संगठन कम्युनिस्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी २१ का दिन जुन मार्क्स-एंगेल्सद्वारा विश्वविख्यातकम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी गरियो, त्यो नै विश्व सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिध्दान्त बन्यो। र,मार्क्स-एंगेल्सद्वारा विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोणका रुपमा रहेको मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको अण्वेशन गरियो ,त्यो एक ऐतिहासिक तथा युगान्तकारी परिघटना थियो । त्यस परिघटनाले दार्शनिक क्षेत्रमा ठूलो क्रान्ति ल्याइदियो।
त्यसपछि विश्व सर्वहारा वर्गले पहिलोपटक आफ्नो वर्गीय मुक्तिको मार्क्सवाद,दर्शनको रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र आफू संगठित हुनका लागि कम्युनिस्ट पार्टी ( संगठन ) प्राप्त गर्यो।