सत्ता गठबन्धनमा हलचल: अर्थमन्त्री पौडेल र पूर्वअर्थमन्त्री महतको द्वन्द्व उग्रबन्दै,देउवाको निर्देशनले होला त विवादको अन्त्य ?
आर.एस. महतारा
काठमाडौं। सत्ता गठबन्धनमा सरकारका पूर्वअर्थमन्त्री र वहालवाला अर्थमन्त्रीबीचको विवादले सरकार नै अप्ठ्यारोमा पर्न थालेपछि तत्कालको लागि देउवाले माहोल नबिगार्न निर्देशन दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताका पाका खेलाडी हुन्। सत्तामा फर्किन हदैसम्म जानसक्ने देउवा कम बोल्ने तर कुटिल चाल चल्ने नेताका रूपमा परिचित छन्। पछिल्लो समय गठबन्धन सरकारका पूर्वअर्थमन्त्री र वहालवाला अर्थमन्त्रीबीचको नोकझोकपछि देउवाले माहोल नबिगार्न दिएको निर्देशनले स्थिति केही फेरबदल भएको छ।
कांग्रेस सभापति देउवाका विश्वासपात्र प्रवक्ता डा.प्रकाशशरण महतलाइ महत्वपूर्ण जिम्मेवारीका साथ सरकारमा जिम्मेवारी पाइरहने मध्यका एकजना नेता हुन। तर पछिल्लो समय ओली सरकारमा सहभागी नभएपछि महतलाइ कांग्रेसको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन्।
उनले एमाले कांग्रेसको गठबन्धनलाई नै संकटमा पार्ने गरि संसदीय समितिमै नोकझोक गरेपछि। अर्थमन्त्री विष्णु पौडेलसँग कुटनीतिक बाझाबाझले नेताहरु सरकारमै तलमाथि हुने होकी भनेर तरङ्गित बनेका थिए।
पूर्वअर्थमन्त्री समेत रहेका डा। महतले विष्णु पौडेलमाथि कटाक्ष मात्रै गरेनन्, खुकुलो मौद्रिक नीति र गभर्नरको एमाले झुकावबारे खुलेरै विरोध गरेपछि दुवै जनाले नोकझोक देखाएका थिए। गभर्नरले एमालेका अर्थमन्त्री आउँदा खुकुलो मौद्रिक नीति ल्याएकोमा उनले असन्तुष्टि देखिएका थिए।
कांग्रेसका नेताले चर्को आलोचना गरेपछि विष्णू पौडेलले पनि चलाखीपुर्वक जवाफ फर्काए। मौद्रिक नीतिको बचाउ गर्दै पौडेलले ट्युनिङ मिल्नुलाई अन्यथा लिन नहुने भन्दै बजार बढेको विषयलाई आफूमाथि लगानीकर्ताले गरेको विश्वासको रुपमा लिएको अर्थ्याएका थिए।
दुई नेताबीचको नोकझोक र सवाल–जवाफपछि यसले सत्ता गठबन्धनमा तरङ्ग आउनु स्वभाविक थियो। विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी लिएसँगै शेयर बजार उकालो लाग्नु र यसले सकारात्मक दिशा समात्नुलाई महतले शंकाको दृष्टीले हेर्न थाले। तर, यहि विषयमा विवाद चल्ने देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई निर्देशन दिदै सुझबुझपूर्ण अभिव्यक्ति दिन निर्देशन दिएपछि महत अहिले भने चुपचाप लागेका छन्।
देउवाको इशारा पाएपछि केहि कम भएका महतले प्रतिनिधिसभा बैठकमा भने सेयर बजार बढेको विषयलाई प्रसंसा गरेपनि षडयन्त्र त भएको छैन भन्दै आशंका भने अन्तिममा व्यक्त गरेका थिए।
महत मझदारबाट अघि बढ्न खोजेपनि सत्ता गठबन्धनमा दुई जनाबीचको विवाद यो या त्यो ढंगले अघि बढ्ने देखिन्छ। तर, यस्तो विवाद लामो समयसम्म जाला या नजाला त्यो भने शंकाको विषय बनेको छ। महतले शेयर बजार बढ्नुमा चलखेल भएको दाबी गरेपनि एमाले यो मान्न तयार छैन। हुनत संसदमा शेयर बजारमा भएको बढोत्तरीबारे अनेक प्रश्नहरु भने उठिरहेका छन्।
शेयर बजार उकालो लागेको विषयमा अनेक विवाद र गलफत्ति चलेपनि अहिले नै चलखेल वा षडयन्त्र भयो वा भएन भन्ने बेला भइनसकेको केहि अर्थविज्ञले बताउने गरेका छन्। तर, सत्ता गठबन्धनमा देखिएको यस्तो विवाद भने रोचक बन्ने सम्भावना देखिएको छ।
त्यस्तै ओली नेतृत्वको सरकार बनेको छोटो समयमै यस्तो विवाद आउनुले सरकार लामो समयसम्म जाने शंका उत्पन्न हुन थालेको छ। तर देउवा र ओलीले गरेको गोप्य ७ बुँदे सहमति सार्वजनिक नहुनुले पनि सरकार लामो समय सम्म टिक्नेमा अनेक अट्कल बाजी लगाउन थालिएका छन्।