नक्कली भुटानी शरणार्थी र गिरीबन्धुबारे बोलेको भन्दै मोहन बस्नेत महामन्त्रीद्वयमाथि खनिए
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध खनिएका छन्। बुधबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी-इस्टेटको सम्बन्धमा दुई महामन्त्री थापा र शर्माले सार्वजनिक रूपमा बोल्दा सत्ता गठबन्धनलाई अफ्ठ्यारो पार्ने भन्दै खनिएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी-इस्टेट काण्डहरुलाई निष्कर्षमा नपुर्याए यो गठबन्धनको औचित्य छैन भनेर एउटा महामन्त्रीले संसदमा र अर्को महामन्त्रीले कोरियामा बोलेको नेता बस्नेतले पार्टी बैठकमा सुनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरु बोलेको इखका रुपमा लिनसक्ने बताउँदै बस्नेतले गिरीबन्धु टी-इस्टेटको कुरा उठाइराखे गठबन्धनलाई अप्ठ्यारो पर्नसक्ने भय व्यक्त गरेका थि।
महामन्त्रीद्वय थापा र शर्माको सोंच ओलीपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री देख्न नचाहेको बस्नेतले आरोप लगाए। महामन्त्रीहरुको बोल्ने हर्कत रोक्नुपर्ने पार्टी बैठकमा उनले बताए।