६ केजी चरेससहित दुई भारतीय नागरिक पक्राउ

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेस ५ केजी चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले उनीहरुलाई चरेससहित पक्राउ गरेको हो।

मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीबाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका–३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी गर्ने क्रममा चरेस फेला पारेको हो। सिंह र चौधरीले तिघ्रामा बाँधेर चरेस ल्याएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा लागुऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५०जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो।

उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको छ भने १३ केजी अफिम, ७८ ग्राम खैरो हिरोइन र १ सय ५ केजी चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।