माओवादीको स्थायी समिति बैठक आज पनि बस्दै,नेताहरुले धारणा राख्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने भएको हो।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार चौथो दिन पनि बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहने छ। स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटीको बैठक राखेर जनतामा फर्किने माओवादीको योजना छ।