सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुन प्रतितोला २१ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।