टीआरसी विधेयकमा सहमति जुट्नु खुसी कुरा हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सबैको सहमतिमा आयोगहरु बन्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताए । टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको उनले बताए।

प्रतिनिधिसभाको कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको र आजै संसदले पास गर्ने तयारी रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएका छौं । यो हामी सबैका लागि खुसीको विषय हो ।

उनले ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने बताउँदै भने, ‘ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको छ । सहमतिका साथ प्रभावकारी आयोग बन्ने छन् । त्यसलाई सरकारको तर्फबाट सहयोग हुन्छ ।