समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो।

मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए। यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो।

साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो। तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन।