अण्डाको मूल्यमा भारी गिरावट
काठमाडौं। बजारमा अण्डाको मूल्य घटेको छ। माग घटेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताए।
उनका अनुसार न्यूनत प्रतिक्रेट २० रूपैयाँदेखि ६० रूपैयाँले मूल्य घटेको हो। साउन महिनाको सुरूआतदेखि नै अण्डा बिक्रीमा गिरावट आएको थियो।
अण्डा नबिकेपछि थोरै–थोरै गरेर मूल्य घटिरहेको थियो तर संघले समर्थन भने जनाएको थिएन। आइतबार संघले बैठक बसेर सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटेको जानकारी दिएको हो।
नयाँ मूल्य अुनसार किसानका लागि मध्यम अण्डा प्रतिक्रेट ४ सय ३०,ठूलो अण्डा ४ सय ९० र एक्सेल अण्डा ५ सय १० रूपैयाँ तोकिएको छ। यसअघि मध्यम अण्डा प्रतिक्रेट ४ सय ९०, ठूलो अण्डा ५ सय १० र एक्सेल अण्डा ५ सय ३० रूपैयाँ थियो।