भरतपुर महानगर रेलमार्ग पिडित संघर्ष समितिको आन्दोलनको समिक्षा कार्यक्रम सम्पन्न
चितवन। भरतपुर महानगर रेल मार्ग पिडित संघर्ष समितिको आन्दोलनको सरोकारवाला एवम् आन्दोलनको कार्यक्रमको समिक्षा बैठक एक कार्यक्रमबीच पानोरमा पार्टी प्यालेसमा सम्पन्न भएको छ।
भगिरथ पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिव्य मणि नेपालले समितिका कार्य प्रगति विवरण पेश गरे।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर वडा नं ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले आवश्यक परे थप संघर्ष गर्न तयारी गर्ने जानकारी दिए।
कार्यक्रममा विशेष अतिथि भरतपुर महानगर वडा नं ८ का अध्यक्ष जीवनाथ कडेल, भूमिश्वर कडेल हरिराज भट्टराई गंगा प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय वडा नं ४ का युवा प्रेम कडेलले आफ्नो जग्गा पनि रेलमार्गमा परेकोले आफूले संघर्षमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
महानगर प्रमुख रेणु दाहाल र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयका सचिवले समेत सकारात्मक आश्वासन समेत दिइसकेकोले निर्धक्क संघर्षको मैदानमा रहन सरोकारवाला सबैलाई आव्हान गरे।
बालकुमारी कलेजका सहायक क्याम्पस प्रमुखले आफ्नो कलेजको चार बिगाहा जग्गा रेल मार्गमा परेकोले आफूले सहयोग गर्ने बताए।
कार्यक्रममा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सचिव दिव्यबाबु नेपालले रेल मार्गको बारेमा पुनर्विचार गर्ने रेल बिभागले दिएको पत्र सार्वजनिक गरेर देखाए।
कार्यक्रमको उद्देश्यबारे उल्लेख गर्दै सभाध्यक्ष पहारीले सौहार्दपूर्ण वातावरणमा सबै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समिक्षा बैठकको समापन गरे।
कार्यक्रममा सबै वक्ताहरुले आश्वासनको पोकामा नअल्झिकन तयारी हालतमा रहन र आवश्यक परे थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने बताए।