एनसेलको लाइसेन्स खारेजीको संघारमा,अन्तिममा पासा पल्टाउने दाउ
काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स खारेजीको संघारमा पुगेको छ। लाइसेन्स नवीकरणबापतको सबै शुल्क नबुझाएकाले एनसेलको लाइसेन्स खारेजी हुने अवस्थामा पुगेको हो।
लाइसेन्स नवीकरणको बक्यौता रकम १६ अर्ब र ३ अर्ब विलम्ब शुल्क गरी कुल १९ अर्ब रुपियाँ पर्सि शुक्रबारसम्म नबुझाएमा एनसेलको लाइसेन्स स्वतः खारेज हुनेछ। तर, लाइसेन्स नवीकरण गर्न एनसेलले साम, दाम, दण्ड, भेद प्रयोग गर्दै सरकारमाथि दबाब सिर्जना गर्दै आएकाले अन्तिम समयमा पासा पल्टाउने दाउमा एनसेलका बिचौलियाहरू लागेका छन्।
एनसेलको लाइसेन्स खारेज भए स्मार्ट टेलिकमको लाइसेन्स ब्युँत्याउने खेल पनि सँगै शुरू भएको छ। स्मार्ट टेलिकममा २७ अर्ब रुपैयाँभन्दा बढी सरकारको राजस्व डुबेको छ । सो कम्पनीले पनि गत वर्ष नवीकरण शुल्क नबुझाएपछि लाइसेन्स रद्ध भएको थियो।
एनसेलको लाइसेन्सको म्याद २०८१ भदौ १६ गते सकिँदै छ। तसर्थ, भदौ १५ गतेसम्म लाइसेन्स नवीकरण शुल्कको बाँकी बक्यौता रकमसहित १५ प्रतिशत विलम्ब शुल्क तिरेको अवस्थामा अन्तिम पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गर्ने कानुनी व्यवस्था छ।