मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं। मनाङमा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो।

भूकम्पको गहिराई १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।