ओली र प्रचण्डको वाकयुद्धले गम्भीर मोड लिदै, कार्यकर्ताबीच भिडेन्तको संकेत
आर.एस. महतारा
काठमाडौं।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिनहुँजसोको वाकयुद्धले थप नेतृत्व तहमै द्वन्द्वको खतरा बढाउने संकेत देखिएको छ।
नेपाली राजनीतिका मुख्य नेताहहरुको प्रतिशोध मनोभावकै कारण पछिल्लो समय राजनीति प्रदूषित बन्दै गएको छ। जसले नेताहरुभित्रै अराजक र अदुरदर्शीता प्रकट हुन थालेका छन्। राजनीतिक संस्कार र व्यवहारले नै राजनीतिज्ञहरु जीवन्त हुन छन्।
राजनीति मुलुक संचालनको निर्विकल्प संयन्त्र पनि हो। तर वर्षौँदेखि मुलुक र दलकै नेतृत्व गरिरहेका नेताहरु खुलमखुल्ला प्रतिशोधमा उत्रनु राजनीतिका लागि मात्रै होइन मुलुककै लागि समस्या पनि बनेको छ।
दलहरुबीच मुलुक र जनताका आवश्यकताको विषयमा छलफल हुनुपर्ने हो। तर दलका नेताहरुमा यो विषयले प्राथमिकता नै पाउँदैन। खासगरी पछिल्लो समय सत्ताको नेतृत्व गरिरहेको दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीचको संघर्ष मुडभेटमै परिणत हुनसक्ने सम्भावना देखिन थालेका छन्।
सांसद योगेश भट्टराईले संसदमै देखाएको यो हाउभाउ नितान्त प्रतिपक्षी दलप्रतिको प्रतिशोधमा समर्पित देखिन्छ।
सत्ता पक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धाकै रुपमा रहेको विद्युत बक्यौता उठान र भ्रष्टाचारको विषय प्रतिपक्षी दलका नेता प्रचण्डले उठाउँदा योगेशले माओवादीले हिंसात्मक कार्य गरेको भन्दै फायर खोलेपछि दुइ पार्टीबीचको संघर्ष थप पेचिलो बन्दै गएको छ।
त्यसअिघ संसदमा सरकारलाई नै खबरदारी गर्न उभिएका प्रचण्डले सत्ता गठबन्धन र प्रधानमन्त्रीमाथि नै भ्रष्टाचारको संगीन आरोप लगाएका थिए।ओली सरकारमाथि भ्रष्टाचार र कुशासनको उपमा दिए लगत्तै प्रचण्डले संसदबाटै एमालेका अर्का नेता रघुजी पन्तको जवाफ भेटेका थिए।
यही संसदको बैठकमा प्रयोग गरिएको माओवादी हिंसा भन्ने भाषाका कारण सत्ता पक्ष र प्रतिपक्षको लडाईँ अझ उत्कर्षमा पुगेको छ। उता माओवादीले निरन्तर विचौलिया र भ्रष्टहरुको संरक्षक भन्दै टिप्पणी गरिरहँदा एमालेले पनि सुन तस्करी प्रकरणको प्रसंग निकालेर माओवादी डाम्ने रणनीति लिएपछि मुडभेटको अवस्था सृजना भएको छ।
माओवादी–एमाले प्रतिशोधकपूर्ण लडाइँमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली पनि मैदानमा उत्रिएका छन्। एकअकाविरुद्ध उछिटो काड्ने र मानमर्दन गर्न तल्लीन माओवादी–एमाले टकरावमा जनयुद्धको प्रशंक कोट्याउँदै ओली पनि मैदान उत्रिएका हुन्।
ओलीको यो जवाफ प्रचण्डले संसदमा गरेको सम्बोधन र संसदमै उठेको माओवादी हिंसा भन्ने विषयको विवादसँग सम्बन्धीत छ। प्रचण्डले नेतृत्वहरुप्रति वितृष्णा जागेको प्रशंग निकालेर केही दिन अघि मात्रै नेपाल पनि बंगलादेश र श्रीलंगाको बाटोमा जानसक्ने भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए। तर यसको जवाफमा ओलीले भने जनयुद्धमा माओवादीबाट १७ हजारको ज्यान लिइएको प्रशंगले प्रति जवाफ दिएका हुन्।
राजनीतिक नेतृत्वले मुलुकको समस्या समाधान र जनताको सेवामा ध्यान दिनुपर्नेमा हो। तर अहिले नेताहरु राजनीतिक संस्कार नै भुलेर एकअर्काविरुद्ध तुच्छ भाषामा अभिव्यक्ति दिनुले राजनीतिक स्तरमै मुडभेटको खतरा बढेको छ।
दिनानुदिन बढेको माओवादी–एमाले वाकयुद्धले दुवै दलको कार्यकर्ता स्तरमा समेत वैरभाव पैदा हुन थालिसकेका छन्। तसर्थ अब कुनै पनि दलका नेतृत्वले एक–अर्कालाई नङ्ग्याउने भन्दा सभ्य भाषामा खबरदारी र प्रष्टिकरण दिनुपर्ने आवश्यकता देखिन्छ।
यदी राजनीतिक संस्कार नै भुलेर यही शैलीमा एकले भ्रष्टाचारी र अर्कोले आतङ्ककारी भन्दै दोहारी चलिरहे राजनीतिक मुडभेद हुन नसक्ला भन्ने अवस्था छैन।त्यसैले जिम्मेवार राजनितिक दलहरूले सभ्य भएर आफ्नो जिम्मेवारी पुरा गरे मात्र जनताले सम्मान गर्ने छन्,होइन भने राजनितिप्रति देखिएको वितिष्णा पथ बढ्दै जाने खतरा देखिएको छ।