एमसीसीले नेपाललाई दोस्रो युक्रेन बनाउने खतरा बढाएको छ: महासचिव गुरुङ

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय विभागले आयोजना गरेको एमसीसी,एसपीपी र राष्ट्रिय स्वाधीनता विषयक अन्तक्रिर्या कार्यक्रममा बाल्दै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विपक्षमा उभिन आग्रह गरेका छन्।

अमेरिकाको सैन्य रणनीति अन्तर्गत नेपालमा एमसीसी ल्याइएको दाबी गर्दै उनले सबै मिलेर यसको प्रतिवाद नगरे देश दोस्रो युक्रेन बन्ने खतरा रहेको बताए ।

अमेरिकाको रणनीतिमा बस्यो भने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको छ । सम्पूर्ण वामपन्थी, राष्ट्रवादी शक्तिहरूलाई एकढिक्का भएर प्रतिवाद गर्न म आग्रह गर्छु । सबै मिलेर प्रतिवाद गर्न सकियो भने हाम्रो मुलुक सदाका लागि स्वाधीन बन्नेछ’, उनले भने ।

गुरुङले चीनलाई घेराबन्दी गर्न एमसीसीमार्फत अमेरिकाले आइपीएस, एसपीपी सैन्य रणनीति लाद्न खोजेको दाबी गरे ।

अमेरिकी सैन्य रणनीतिको हिसाबले ब्याक भएका छैनन् । प्रत्यक्ष एसपीपीको हिसाबले लागु नगरे पनि विचार, नीति हिसाबले ब्याक भएका छैन,उनले भने उनीहरूले सोझै सैनिक ल्याएर क्याम्प बनाउन भन्दा पनि बढी भन्दा बढी सूचना केन्द्र बनाउन खोजेको छ । हामीले खबरदारी गर्न नसकिए राष्ट्रिय स्वाधीनता गुम्ने खतरा छ।

कार्यक्रममा उनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकी सैन्य क्याम्प राख्न टापु राख्न नदिएकाले सत्ता ढलेको दाबी गरे।