काठमाडौं आइपुगिन् पारालिम्पिकमा पदक जितेकी पलेशा,नगर परिक्रमा गराएर स्वागत गरिदै
काठमाडौं। पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्य) दिलाउने पलेसा गोवर्धन स्वदेश फिर्ता भएकी छन्।
पलेसासहित पारा तेक्वान्दो टोलीलाई त्रिभुवन अनन्तराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरे।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्। यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो।
उनीसहितको टोलीलाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै नगर परिक्रमा गराइएको थियो।
परिक्रमा एयरपोर्ट,गौशाला,पुरानो बानेश्वर,मैतीदेवी,डिल्लीबजार,बागबजार,भद्रकाली,शहीदगेट,त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो।