बालेन सक्न एमाले एकढिक्का बन्दै मैदानमै उत्रियो,फेसबुकमा ओलीको ओरालो यात्रा

काठमाडौं। नेकपा एमालेको सिगो पार्टी नै काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाह बालेनलाइ सक्न एकढिक्का भएर मैदानमै उत्रिएको छ।

एमाले र मेयर बालेन्द्र शाह बालेनबीचको भिडन्त बढ्दो क्रममा देखिएको छ। बेला बेलामा भइरहने यो भिडन्तमा यो पटक एमालेले घेराबन्दी बढाएपछि बालेन केही शान्त देखिएका छन्। जसमा केही मुद्दामा एमालेलाई कांग्रेसले समेत साथ दिएको देखिन्छ।

एमाले र मेयर बालेनबीचको ‘वाक युद्ध’ले अहिले नेपाली राजनीति नै तरंगित भएको छ। झापाको गिरीबन्धु टि इस्टेटको जग्गा प्रकरण,बागमती करिडोर प्रकरणपछि अहिले एमालेकी प्रदेश सांसद रेखा शर्माको प्रकरणसम्म आइपुग्दा यी दुई पक्ष आमनेसामने भएका छन्।

जसमा एमालेतर्फबाट भिडन्तमा नयाँ नयाँ पात्र देखिँदा रेखा शर्माले नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आएको बालेनको आरोपको खण्डनमा एमालेका विद्यार्थी नेता समिक वडाल अघिल्लो मोर्चामा उभिएका छन्।

उनीहरुबीचको वाक युद्ध सार्वजनिक रूपमै पुग्दा बालेनले फेसबुक पोस्ट हटाएको भनी गरेको प्रचारमा बालेनले लगाम लगाइ दिएपछि थप यो विषय पेचिलो बन्दै गएको छ। बालेनले सामाजिक सञ्जालमार्फत् नै भनेका थिए “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार। म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ, भनेपछि बालेन समर्थक युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेज अनफलो अभियानमा चलाएपछि अहिले साइवर युद्ध नै चलेको छ।

उनीहरुबीचको वाक युद्ध अदालतको फैसला सार्वजनिकसम्मै पुग्दा बालेनले यसअघिको पोस्ट हटाएको भनेर जसलाई एमाले पक्षले जीतकै रुपमा व्याख्या गर्दै बालेन सच्चिएकोमा धन्यवाद समेत दिएका थिए भने साइबर युद्धसँगै घेराबन्दीलाई बढाएका थिए। अर्थात सामाजिक सञ्जालबाट वा प्रत्यक्ष भिड्न नसकिने बाटोमा पुगेको एमालेले योजनाबद्ध रुपमा बालेनविरुद्ध घेराबन्दी गरिरहेको छ।

जसको उदाहरण न्यूरोडको फुटपाथ विस्तारमै देखिँदा नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दूरीका विषयमा पनि यही रणनीति अवम्बलन गरेको छ।

विगतमा पनि सुकुम्बासी उचाल्ने एमालेले अहिले पनि उनीहरुसँगै जोडिएको मुद्दालाई बालेनलाई साइजमा ल्याउने रणनीतिका रुपमा प्रयोग गर्न खोजिरहेको देखिन्छ।

यही कारण एमालेको काठमाडौँ जिल्ला कमिटी नै महागरको निर्णयविरुद्ध लागि पर्दा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै नदीको दायाँबायाँ अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेश न्यायिक पुनरावलोकनमा जान भन्दै ध्यानाकर्षण–पत्र नै बुझाएकाछन्। जुन कार्यक्रममा महानगरकै उपप्रमुख सुनिता डंगोलसमेत पार्टीकै पक्षमा देखिँदा उनको अभिव्यक्तिसमेत पार्टीप्रेरित नै सुनिन थालेका छन्।

यो मुद्दामा अहिले एमालेको साथमा कांग्रेसपनि उभिएको छ। कांग्रेस सांसद सन्तोष चालिसले यो विषयमा कांग्रेसपनि एमालेसंगै उभिनुपर्ने बताउँदा अहिले बालेन भर्सेस सत्तारुढ दलकै अवस्था बनेको हो।

यसले उनीहरु सामाजिक सञ्जाल र महानगरको काममा सँगैसँगै रणनीतिक रुपमा भिड्ने अवस्थामा देखिँदा बालेन चाहेर भने एमालेसँग भिडन्तमा जोडिएका होइनन्।

केपी शर्मा ओलीबाट तबला उपहार लिएर राम्रै सम्बन्ध भएको संकेत गरेका बालेन कहिले पेरिसडाँडामा फोहार फाल्दा त कहिले फुटपाथ विस्तारमा लाग्दा ओलीसँग जोडिन पुगेका हुन्। त्यही कुरामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौन सुनिँदा प्रतिक्रिया जनाइहाल्ने ओलीको बानीले यी दुईलाई भिडाएको थियो।

जहाँ सडकको विषयमा भिड्दा आफ्नो पार्टीबाट भौतिक पूर्वाधारमन्त्री रहेका रघुवीर महासेठलाई जोगाउनु ओलीको बाध्यता थियो भने बालश्रम शोषणका विषयमा आफ्नी प्रदेश सांसद जोगाउनु पर्ने बाध्यता आइलागेको थियो।

यद्यपि यो विषयमा उनी मौन बस्दा उनलाई तोकेर बालेनले स्टाटस लेखेपछि सांसद भएर जघन्य अपराध गर्नेको संरक्षणमा लाजै लजाउने गरि एमालेका नेता कार्यकर्ता लागि परेका छन्।

जुन ओलीका अघि राम्रो देखिने उनीहरुको प्रतिस्पर्धाकै नतिजा भएको पक्का हुँदा जेलाई पनि आफू अनुकूल व्याख्या गर्ने ओलीको बानीले नै यसमा भूमिका खेलिरहेको छ।

हुन त केन्द्र सरकारको समन्वय र सहकार्यमै स्थानीय तहले काम गर्ने हो। एक अर्कालाई लान्छना लगाएर कही नपुग्ने यो स्थितिमा बालेन जस्ता एक पात्रको पछि सिंगो पार्टीपंक्ति नै लाग्नुपर्ने एमालेको अवस्थाले राजनीतिक दलहरुको हालत प्रष्ट देखिएको छ।

त्यो भन्दा महत्वपूर्ण विषय त संघीयता कार्यान्वयको अवस्था कस्तो छ रु भन्ने यसले प्रष्ट पार्दा उनको शैलीमा केही प्रश्न गर्न सक्ने ठाँउभएपनि बालेनले उठाएका विषयलाई बेवास्ता गर्न सकिने अवस्था भने देखिएको छैन।

जसलाई सुझावका रुपमा लिएर सुधार्ने भन्दा भिड्ने र उनलाई उत्तेजित पार्ने एमालेको बाटो सत्तारुढ र संसदकै दोस्रो ठूलो शक्तिलाई सुहाउने आचरण भने होइन।एउटा स्थानीय तहको मेयरसँग सिंगो पार्टी पंति नै लाग्नु खासै शोभनिय विषय भने पक्कै मान्न सकिने अवस्था छैन।

त्यसैमा देशकै प्रधानमन्त्री भएको पार्टीले झिनो मसिनो कुरामा भन्दा पनि देश कसरी बनाउने भन्ने कुरालाइ प्रथमिकता दिनुपर्नेमा एकजना स्थानीय तहको जनप्रतिनिधिसँग पौठे जोडि खेल्नु खासै सुहाउने कुरा भने होइन। अब बेलैमा राजनितिक पार्टीहरू नसच्चिए सकिने अवस्थामा पुग्ने निश्चित जस्तै भइसकेको छ।