प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा सुनुवाइ आज हुँदै

काठमाडौं । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीलगायत प्रहरी अधिकारीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले भदौ १३ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ माग्दै छलफलमा बोलाएको थियो।

विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्।