कोरोना बीमाको रकम भुक्तानी सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं। निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले कोरोना बिमाको रकम माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

सरकारले रकम नदिदा कोरोना बिमाको दाबी भुक्तानी हुन नसकको भन्दै संघले आइतबार सर्वोच्चमा रिट दायर गरेको हो। उक्त रिटमा सुनुवाइका लागि आज बिहान १० बजे पेशी तोकिएको हो।

सरकारले कोरोना बिमा रकम भुक्तानी नगरेको भन्दै बिमक संघले रकम भुक्तानी पाउन अन्तरिम आदेश माग गरेको छ। हाल बिमितले कोरोना बिमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको संघले जनाएको छ।