पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।

पत्रकार महासघको आइतबार बसेको केन्द्रीय समितिको बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेपछि अध्यक्ष पोखरेलको राजीनामा दिएका हुन् ।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो।  असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ।